एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन्।

उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन्। नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्। 

प्रकाशित मिति: : 2022-12-20 17:22:00

प्रतिकृया दिनुहोस्