कांग्रेस संसदीय दलको निर्वाचन : आम्नेसाम्ने हुने भए देउवा र गगन

नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि सभापति शेरबहादुर देउवा र गगनकुमार थापाबीच  प्रतिस्पर्पधा हुने भएको छ। निर्धारित समयभित्र यी दुई नेताले मात्र उम्मेदवारी दर्ता गराएपछि उनीहरू आम्नेसाम्ने हुन लागेका हुन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस पार्टी सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् भने समर्थकमा पूर्णबहादुर खड्का रहेका छन्।

यसैगरी पार्टी महामन्त्री गगनको प्रस्तावक डा. शेखर कोइराला छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन्।

मतदान बुधबार विहान ८ बजेदेखि १० बजेसम्म हुने कार्यक्रम तय गरिएको छ।

निर्वाचननमा कांग्रेसका ८९ निर्वाचित सांसद रहेका छन्। पहिलो चरणमा निर्वाचित हुन कम्तिमा पनि ५० प्रतिशतभन्दा बढी मत चाहिने भएकाले जीतका लागि न्युनतम ४५ सांसदको समर्थन चाहिन्छ।

प्रकाशित मिति: : 2022-12-20 14:57:00

प्रतिकृया दिनुहोस्