राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन्। आज (साेमबार) बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो।

लामिछाने चितवन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कुल २० सिट प्राप्त गरेको छ।

प्रकाशित मिति: : 2022-12-19 10:10:00

प्रतिकृया दिनुहोस्