रेशम चौधरी भेट्न गच्छदार डिल्लीबजारमा

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार डिल्लीबजार कारागार पुगेका छन्।

टीकापुर हत्याकाण्डमा जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न उनी शनिबार कारागार पुगेका हुन्।

भेटमा गच्छदारले नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा हाँसिल गरेको सफलताका लागि बधाई दिएकाे बताइएकाे छ।

करिब डेढ घण्टा भएकाे कुराकानीमा गच्छदार र चौधरीबीच पछिल्लाे समय सरकारले ल्याएकाे अध्यादेश र सत्ता सहकार्यका विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ। गच्छदारले सरकारमा सहभागी हुन चाैधरीसँग अनुराेध गरेका थिए। तर, चाैधरीले भने आफूहरुमाथि लागेकाे मुद्धा फिर्ता भएपछि मात्रै समर्थन गर्न सकिने बताएकाे स्राेतकाे दाबी छ।

नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघर मण्डलालगायत देशका विभिन्न स्थानमा धर्ना तथा विराेधका कार्यक्रमहरु गरिरहेकाे छ।

सरकारले सोही माग सम्बोधनका लागि अध्यादेश ल्याएर प्रमाणीकरणका गर्न राष्ट्रपतिसमक्ष पठाएको छ। तर, अध्यादेश प्रमाणीकरणमा राष्ट्रपति अनिच्छुक देखिएकी छन्।

प्रकाशित मिति: : 2022-12-18 13:17:00

प्रतिकृया दिनुहोस्