लुम्बिनीकाे राजधानी देशकै नमुना बन्छ: प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश राजधानी देशकै नमुना बनाउन सकिने बताएका छन्।

स्थायी राजधानी दाङकाे राप्ती गाउँपालिका-३ मा बुधबार प्रदेश सरकारकाे कार्य शुभारम्भ गर्दै उनले नयाँ ठाउँमा नमुना राजधानी बन्ने बताए।

प्रमेख शेरचनले लुम्बिनी प्रदेश सरकारले ताेकेकाे स्थायी राजधानी नितान्त नयाँ सहर बनाउने ठाउँमा भएकाे भन्दै आधुनिक सहर बनाउन सरकार तथा स्थानीय नागरिकलाई आग्रह गरे।

'याे ठाउँ बुटवल, काठमाडौँ जस्ताे पहिले नै सहरी करण भएकाे ठाउँ हाेइन। यहाँ धेरै पुराना संरचना पनि छैन', उनले भने, 'यसलाई आधुनिक सहरका रूपमा विकास गरी देशकै नमुना बनाउनुपर्छ।'

नमुना सहर बनाउनका लागि विदेशी सहयाेगी देशहरूले अर्बौं रूपैयाँमा अनुदान दिन सक्ने पनि उनकाे भनाई छ। त्यसका लागि स्थानीयले सरकारलाई सहयाेग गर्नुपर्ने र सरकारले तदारुकता देखाएर काम गर्नुपर्ने प्रमुख शेरचनले बताए।

यस्तै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाले गरेको राजधानीको निर्णय कार्यान्वयन गर्न प्रदेश सरकार सफल भएको बताए। उनले अब प्रदेश सरकारको काम स्थायी राजधानीबाटै सुरु हुने बताए।

'नदी अभ्यतामा आधारित सुन्दर राजधानी बसाल्ने एतिहासिक निर्णय हामी सफलमा भएका छौं', उनले, 'यसले प्रदेश सरकारको भूमिकालाई नयाँ उचाइमा पुर्याउने छ र संघीयतालाई थप बलियो बनाउने छ।'

केसीले याे व्यवस्थाका लागि बगेकाे रगत र जनताकाे पसिनाकाे संरक्षण राज्यकाे रहेकाे भन्दै अब आउने सरकारले प्रदेशलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2022-12-14 16:09:00

प्रतिकृया दिनुहोस्