एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने

नेकपा एमालेकाे सचिवालय बैठक शुक्रबार हुने भएकाे छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बाेलाएकाे जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।

प्रकाशित मिति: : 2022-12-08 14:27:00

प्रतिकृया दिनुहोस्