रवीन्द्र मिश्रको निर्वाचन खर्च २४ लाख ४९ हजार

फाइल तस्बिर
फाइल तस्बिर

राप्रपा नेपालका उपाध्यक्ष रवीन्द्र मिश्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दा भएको खर्च विवरण सार्वजनिक गरेका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोग समक्ष पेश गरेको जनाएका छन्। 

विज्ञप्तिमा उनले भनेका छन्, 'मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही क्षेत्रबाट ०७४ सालको निर्वाचन लड्दा मैले २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त बढी रकम पार्टीलाई बुझाएको थिएँ।’

पहिले जस्तै यस पटक पनि उनले निर्वाचन लड्न आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेका थिए। निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएको उनले जनाएका छन्।

प्रकाशित मिति: : 2022-12-06 14:19:00

प्रतिकृया दिनुहोस्