प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १ सय ६५ सिटमध्ये नेकपा (एमाले) ४४ सिटमा विजय हुँदै दाेस्राे पार्टी बनेकाे छ। यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्यकाे अन्तिम मतपरिणामअनुसार एमालेले देशभरबाट ४४ सिट जित्दै दाेस्राे पार्टी बनेकाे हाे।
यसअघि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा २०७४ मा सबैभन्दा धेरै सिट जितेर प्रतिनिधिसभाकाे पहिलाे पार्टी बनेकाे एमाले यसपटक दाेस्राे नम्बरमा खुम्चिएकाे छ। आन्तरिक द्वन्द्वका कारण पार्टी विभिन्न टुक्रामा विभाजित हुँदा एमाले कमजाेर बन्दै गएकाे थियाे। भने, एमालेविरुद्ध सत्ताधारी पाँच दलले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए। तथापि, एमालेले गठबन्धनका बाबजुद ४४ सिटमा विजय प्राप्त गरेकाे छ।
त्यस्तै एमाले समानुपातिकतर्फकाे मत परिणाममा सबैभन्दा अगाडि रहेकाे छ। समानुपातिकतर्फकाे अन्तिम मतगणना भने सकिएकाे छैन।
यी हुन्, एमालेबाट प्रत्यक्षतर्फ विजयी प्रतिनिधिसभा सदस्यहरु:
१) महेश बस्नेत (इलाम क्षेत्र नं. १)
२) सुवासचन्द्र नेम्वाङ (इलाम क्षेत्र नं. २)
३) अम्वरबहादुर रायामाझी (उदयपुर क्षेत्र नं. २)
४) देवराज घिमिरे (झापा क्षेत्र नं. २)
५) लालप्रसाद (एलपी) साँवा लिम्बू (झापा क्षेत्र नं. ४)
६) केपी शर्मा ओली (झापा क्षेत्र नं. ५)
७) योगेशकुमार भट्टराई (ताप्लेजुङ क्षेत्र नं. १)
८) राजेन्द्रकुमार राई (धनकुटा क्षेत्र नं. १)
९) वसन्तकुमार नेम्वाङ (पाँचथर क्षेत्र नं. १)
१०) ऋषिकेश पोखरेल (मोरङ क्षेत्र नं. २)
११) भीमप्रसाद आचार्य (सुनसरी क्षेत्र नं. २)
१२) भगवती चौधरी (सुनसरी क्षेत्र नं. ३)
१३) मानवीर राई (सोलुखुम्बु क्षेत्र नं. १)
१४) जुलीकुमारी महतो (महासेठ) धनुषा क्षेत्र नं. ३)
१५) रघुवीर महासेठ (धनुषा क्षेत्र नं. ४)
१६) राजकुमार गुप्ता (पर्सा क्षेत्र नं. ३)
१७) अच्युतप्रसाद मैनाली (बारा क्षेत्र नं. १)
१८) ज्वालाकुमारी साह (बारा क्षेत्र नं. ३)
१९) लझ्मी महतो कोइरी (महोत्तरी क्षेत्र नं. १)
२०) हरिप्रसाद उप्रेती (सर्लाही क्षेत्र नं. ३)
२१) रामशंकर यादव (सिरहा क्षेत्र नं. १)
२२) लिलानाथ श्रेष्ठ (सिरहा क्षेत्र नं. ३)
२३) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं क्षेत्र नं. ९)
२४) गोकुलप्रसाद बाँस्कोटा (काभ्रेपलाञ्चोक क्षेत्र नं. २)
२५) महेशकुमार बर्तौला (मकवानपुर क्षेत्र नं. २)
२६) प्रेमबहादुर महर्जन (ललितपुर क्षेत्र नं. २)
२७) मनबहादुर गुरुङ (कास्की क्षेत्र नं. १)
२८) विद्या भट्टराई (कास्की क्षेत्र नं. २)
२९) दामोदर पौडेल वैरागी (कास्की क्षेत्र नं. ३)
३०) पदम गिरी (पर्वत क्षेत्र नं. १)
३१) पृथ्वी सुब्बा गुरुङ (लमजुङ क्षेत्र नं. १)
३२) टोपबहादुर रायमाझी ( अर्घाखाँची)
३३) बलराम अधिकारी (कपिलवस्तु क्षेत्र नं. १)
३४) मंगलप्रसाद गुप्ता (कपिलवस्तु क्षेत्र नं. ३)
३५) गोकर्णराज विष्ट (गुल्मी क्षेत्र नं. २)
३६) नारायणप्रसाद आचार्य (पाल्पा क्षेत्र नं. १)
३७) ठाकुरप्रसाद गैरे (पाल्पा क्षेत्र नं. २)
३८) सूर्यबहादुर थापा क्षेत्री (प्यूठान क्षेत्र नं. १)
३९) सूर्यप्रसाद ढकाल (बाँके क्षेत्र नं. १)
४०) छविलाल विश्वकर्मा (रुपन्देही क्षेत्र नं. १)
४१) विष्णुप्रसाद पौडेल (रुपन्देही क्षेत्र नं. २)
४२) बासुदेव घिमिरे (रुपन्देही क्षेत्र नं. ५)
४३) तारा लामा तामाङ (कञ्चनपुर क्षेत्र नं. १)
४४) दामोदर भण्डारी (बैतडी क्षेत्र नं. १)