प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १ सय ६५ सिटमध्ये नेपाली काँग्रेस ५७ सिटमा विजय हुँदै पहिलाे पार्टी बनेकाे छ। यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्यकाे अन्तिम मतपरिणाम सार्जवनिक हुँदै गर्दा काँग्रेस पहिलाे पार्टी बनेकाे हाे।
याे समाचार तयार गर्दासम्म १ सय ६४ निर्वाचन क्षेत्रकाे मतपरिणाम सार्वजनिक भएकाे छ। बाँकी एक स्थानमा मतगणना जारी छ। मतगणना जारी रहेकाे दाेलखमा नेकपा (एमाले)काे अग्रता कायम छ। त्यहाँ सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रतिस्पर्धा रहेका छन्।
२०७४ मा प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेकाे नेपाली काँग्रेसले याे चुनावमा थप ३४ सिट बढाएकाे छ। २०७४ मा वाम गठबन्धनविरुद्ध चुनावी प्रतिस्पर्धा गरेकाे काँग्रेसले यसपटक पाँच दलीय गठबन्धन गरेर प्रतिस्पर्धामा हाेमिएकाे थियाे।
समानुपातिकतर्फकाे नतिजा सार्वजनिक हुन भने बाँकी छ। समानुपातिकमा काँग्रेसले ३२ सिट ल्याउने अनुमान गरिएकाे छ।
यी हुन्, काँग्रेसबाट प्रत्यक्षतर्फ विजयी प्रतिनिधिसभा सदस्यहरु:
१) डा. नारायण खड्का (उदयपुर क्षेत्र नं. १)
२) रामहरि खतिवडा (ओखलढुंगा)
३) विश्वप्रकाश शर्मा (झापा क्षेत्र नं. १)
४) सिता गुरुङ (तेह्रथुम)
५) डिगबहादुर लिम्बु (माेरङ क्षेत्र नं. १)
६) सुनिलकुमार शर्मा (माेरङ क्षेत्र नं. ३)
७) डा. शेखर कोइराला (माेरङ क्षेत्र नं. ६)
८) दिपक खड्का (संखुवासभा)
९) ज्ञानेन्द्रबहादुर कार्की (सुनसरी क्षेत्र नं. ४)
१०) रामकृष्ण यादव (धनुषा क्षेत्र नं. २)
११) अजयकुमार चौरसिया (पर्सा क्षेत्र नं. २)
१२) रमेश रिजाल (पर्सा क्षेत्र नं. ४)
१३) महेन्द्रकुमार राय (महाेत्तरी क्षेत्र नं. ४)
१४) देवप्रसाद तिमलसेना (राैतहट क्षेत्र नं. ४)
१५) दिनेशकुमार यादव (सप्तरी क्षेत्र नं. ३)
१६) तेजुलाल चौधरी (सप्तरी क्षेत्र नं. ४)
१७) प्रकाशमान सिंह (काठमाडाैँ क्षेत्र नं. १)
१८) सन्तोष चालिसे (काठमाडाैँ क्षेत्र नं. २)
१९) गगनकुमार थापा (काठमाडाैँ क्षेत्र नं. ४)
२०) प्रदीप पौडेल (काठमाडाैँ क्षेत्र नं. ५)
२१) राजेन्द्रकुमार के.सी (काठमाडाैँ क्षेत्र नं. १०)
२२) रामनाथ अधिकारी (धादिङ क्षेत्र नं. २)
२३) अर्जुन नरसिंह के.सी (नुवाकाेट क्षेत्र नं. २)
२४) दुर्लभ थापा क्षेत्री (भक्तपुर क्षेत्र नं. २)
२५) मोहन आचार्य (रसुवा)
२६) पूर्णबहादुर तामाङ (रामेछाप)
२७) उदयशमशेर जबरा (ललितपुर क्षेत्र नं. १)
२८) मोहनबहादुर बस्नेत (सिन्धुपाल्चाेक क्षेत्र नं. २)
२९) श्यामकुमार घिमिरे (सिन्धुली क्षेत्र नं. १)
३०) राजेन्द्र बजगाई (गाेरखा क्षेत्र नं. १)
३१) रामचन्द्र पौडेल (तनहुँ क्षेत्र नं. १)
३२) शंकर भण्डारी (तनहुँ क्षेत्र नं. २)
३३) शशांक कोइराला (नवलपरासी (पूर्व) क्षेत्र नं. १)
३४) विष्णुकुमार कार्की (नवलपरासी (पूर्व) क्षेत्र नं. २)
३५) टेकबहादुर गुरुङ (मनाङ)
३६) योगेश गौचन थकाली (मुताङ)
३७) खमबहादुर गर्बुजा (म्याग्दी)
३८) धनराज गुरुङ (स्याङजा क्षेत्र नं. २)
३९) सुरेन्द्रराज आचार्य (कपिबस्तु क्षेत्र नं. २)
४०) चन्द्रकान्त भण्डारी (गुल्मी क्षेत्र नं. १)
४१) दिपक गिरी (दाङ क्षेत्र नं. ३)
४२) विनोदकुमार चौधरी (नवलपरासी (पश्चिम) क्षेत्र नं. १)
४३) संजयकुमार गौतम (बर्दिया क्षेत्र नं. १)
४४) किशोरसिंह राठोर (बाँके क्षेत्र नं. ३)
४५) दिक्पालकुमार शाही (दैलेख क्षेत्र नं. २)
४६) ऐनबहादुर शाही ठकुरी (मुगु)
४७) पूर्णबहादुर खड्का (सुर्खेत क्षेत्र नं. १)
४८) हृदयराम थानी (सुर्खेत क्षेत्र नं. २)
४९) पुष्पबहादुर शाह (अक्षाम क्षेत्र नं. २)
५०) नारायणप्रकाश साउद (कञ्चनपुर क्षेत्र नं. २)
५१) रमेश लेखक (कञ्चनपुर क्षेत्र नं. ३)
५२) वीरबहादुर बलायर (कैलाली क्षेत्र नं. ४)
५३) डिल्लीराज पन्त (कैलाली क्षेत्र नं.५)
५४) शेरबहादुर देउवा (डडेलधुरा)
५५) दिलेन्द्रप्रसाद बडू (दार्चुला)
५६) बद्रीप्रसाद पाण्डे (बाजुरा)
५७) राजु थापा (स्याङजा क्षेत्र नंं १)