बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन्।

शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६ सय ३२ मत पाए।

शाही र रेग्मीबीच दुई हजार तीन सय ४१ मतान्तर रहेको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे।

प्रकाशित मिति: : 2022-12-03 20:29:00

प्रतिकृया दिनुहोस्