सुकुम्बासी समस्याप्रति मेयर संवेदनशील हुनुपर्छ : पूर्वअर्थमन्त्री लोहनी

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताएका छन्।

सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडि नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरबासी लाई बुझाउनु जरुरी छ।'

उनले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गरेका छन्। उनले भने, 'काठमाडौंको  मेयर  बालेन्द्र जीको आजसम्मको कामको जनता ले प्रशंसा गरेका छन्। काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने  पढे लेखेको  नेता पाएको जनतामा छाप छ।'

प्रकाशित मिति: : 2022-11-29 10:31:00

प्रतिकृया दिनुहोस्