उदयपुर-१ मा मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

फाइल तस्बिर
फाइल तस्बिर

निर्वाचन आयोगले उदयपुर १ मा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ।

आयोगले मतगणनापूर्व जे जस्तो सहमति भएको हो, सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सोमबार निर्देशन दिएको हो।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले ११ मंसिरमा पत्रमार्फत निर्देशन दिएको हो।

आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको ४ र ५ मंसिरको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ।

उदयपुर १ मा परराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा.नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच कडा प्रतिस्पर्धा छ। 

एमालेले निर्वाचनमा धाँधली भएको भन्दै उजुरी हालेपछि शनिबारदेखि नै मतगणना रोकिएको छ।

प्रकाशित मिति: : 2022-11-28 16:31:00

प्रतिकृया दिनुहोस्