हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित भएका छन्। लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भए। उनीहरुबीच चार हजार आठ सय ५५ मतको मतान्तर रहेको छ।
यस्तै राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन्। यस्तै बदर मत सङ्ख्या पाँच सय २४ थियो। हुम्लामा दुई वटै प्रदेश र प्रतिनिधिसभा सदस्यमा गठबन्धन विजयी भएको छ।