टिकटका लागि माओवादी प्रवेश गरेका द्वारिकलाल पराजित, एमालेका भण्डारी विजयी

File Photo
File Photo

सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा नेकपा एमालेका रेवतिरमण भण्डारी विजयी भएका छन्।

उनले नेकपा माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

लामो समयदेखि एमालेको राजीतिमा सक्रिय रहेको चौधरी टिकट पाउने भएपछि चुनावको मुखैमा माओवादीमा प्रवेश गरेका थिए। उनी इटहरी उपमहानगरपालिकाका पूर्व मेयर पनि हुन्।

भण्डारी १४ हजार ५२८ मत ल्याइ विजयी भएका छन्। उनले चौधरीलाई २६८० मतले पछि पारेका हुन्। चौधरीले ११ हजार ८४८ मत ल्याए। तेस्रो स्थानमा रहेका राप्रपाका मोहन बहादुर खत्रीले ९३२८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-25 12:06:00

प्रतिकृया दिनुहोस्