कास्की–१ मा एमालेका मनबहादुर गुरुङ विजयी

फाइल तस्बिर
फाइल तस्बिर

कास्कीको क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-25 11:04:00

प्रतिकृया दिनुहोस्