माओवादी केन्द्रका अमनलाल मोदी मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले ६ हजार १४९ मतान्तरले एमालेका विनोदकुमार ढकाललाई पराजित गरेका हुन् ।
मोदीले ३० हजार ६१२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी ढकालले २४ हजार ४६३ मत प्राप्त गरे ।
मोदी यसअघि यही क्षेत्रका सांसद थिए ।
यो जितसँगै माओवादीले विजयी प्रतिनिधिसभा सदस्यको संख्या ११ पुर्याएको छ ।
संसदीय यात्रामा जीतको ह्याट्रिक गरेका मोदीका निकटतम प्रतिद्वन्द्वी ढकालले हारमा ह्याट्रिक गरेका छन् ।