बर्दिया-१ मा नेपाली कांग्रेस उम्मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन्।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।
गौतमले ३० हजार ६११ मत पाउँदा उनका प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत ल्याएका छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३ हजार ९९३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४मत ल्याएका छन्।