बिएल संवाददाता
प्रदेशगत समानुपातिक मत परिणाममा नेकपा एमाले प्रदेश १ मा पहिलो स्थानमा छ। अहिले परिणाम आउने क्रम जारी छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार बेलुका ७ बजेसम्मको समानुपातिक मतलाई हेर्दा प्रदेश १ मा नेकपा एमालेले अग्रता बनाएको छ। एमालेले १ लाख ४० हजार ४६४ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख २६ हजार ५५० मत पाएको छ।
समानुपातिकतर्फको तेस्रो स्थानमा नेकपा माओवादी रहेको छ। माओवादीले ४८ हजार ९६६ मत पाएको छ। चौथो स्थानमा रहेको राप्रपाले ४६ हजार ८५७, पाँचौँ स्थानमा रहेको जसपाले २१ हजार ९४४ र छैटौं स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले १० हजार ३५२ मत पाएको छ।
सातौं स्थानमा रहेको जनमत पार्टीले ६ हजार ७७१ मत पाएको छ। आठौँ स्थानमा रहेको हाम्रो नेपाल पार्टीले ६ हजार ३२२ मत पाएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया