खोटाङमा माओवादीका रामकुमार राई विजयी, विशाल भट्टराई पराजित

खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन्। उनी ३१ हजार ३५१ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

उनले नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका निवर्तमान संसद विशाल भट्टराईलाई पराजित गरेका हुन्। भट्टराई २६६९ मतान्तरले पराजित भएका हुन्। भट्टराईले २८६८२ मत ल्याएका छन्।

२०७४ को प्रदेशसभा निर्वाचनमा खोटाङ (२) बाट निर्वाचित भएका राई प्रदेश १ को वर्तमान खानेपानी, तथा सिंचाइ तथा ऊर्जा मन्त्री पनि हुन्।

यस्तै प्रदेशसभा (१) मा नेकपा एमालेका पाँच कर्ण राई विजयी भएका छन्। उनी १३ हजार १५७ मतसहित विजयी भएका हुन्। 

उनका प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका विरबल काजी राईले ११ हजार ९६५ मत ल्याए। प्रदेश–२ मा नेपाली कांग्रेसका भुपेन्द्र राई १६ हजार ४९६ मतका साथ विजयी भएका छन्। 

उनले नेकपा एमालेका रामप्रसाद दंगाललाई पराजित गरेका हुन्। दंगालले १४ हजार ३५६ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-24 15:04:00

प्रतिकृया दिनुहोस्