झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई पराजित गर्दै उनी विजयी भएका हुन्। उनले २९ हजार ३१५ मत ल्याएका हुन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले ५ हजार १० मत पाएकी छन्।