दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट कांग्रेस डिल्लीबहादुर चौधरी विजयी भएका छन्।
गठबन्धनबाट उम्मेदवार रहेको चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत प्राप्त गरेका छन्।
चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए। पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन्।
यसअघि क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका धनबहादुर मास्की (राजेशले एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गर्र्दै विजयी भएका थिए।
यससँगै दाङको ६ वटा प्रदेशसभा मध्ये ४ वटाको मत परिणाम आइसकेको छ। क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २ मा कांग्रेसका राजु खनाल र प्रचण्ड विक्रम न्यौपाने विजयी भएका थिए। अब क्षेत्र नम्बर १ को प्रदेशसभा १ र २ को मत परिणाम आउन बाँकी रहेको छ।