उपल्लो डाेल्पामा अलपत्र कर्मचारी लिन सदरमुकाम दुनैबाट उडेको सेनाकाे हेलिकप्टर बिचबाटाेबाटै फर्किएको छ।
बिचबाटाे पुगेपछि हावाकाे चाप बढेपछि फाेक्सुन्डाे तालबाट हेलिकप्टर फर्किएको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए।
उपल्लो डाेल्पाका विभिन्न ठाउँमा चुनाव गराउन गएका करिब १ सय ५० कर्मचारी अलपत्र परेकाे उनले बताए।
हेलिकप्टर डाेल्पामै रहेकाले पुनः उपल्लो डाेल्पा पठाउन प्रयास गरिने बताइएको छ।