नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पार्टीको 'कोर एरिया' कुर्दाकुर्दै पराजयको संघारमा पुगेका छन्।
उनलाई नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेखा शर्माले लगातार पछाडि धकेलिरहेकी छिन्।
प्राप्त पछिल्लो परिणामअनुसार शंकर पोखरेलले २५ हजार ५३३ मत ल्याएका छन्।
उनलाई पछि पार्दै नेकपा (माओवादी केन्द्र)की रेखा शर्माले २५ हजार ७९७ मत ल्याएकी छिन्। पोखरेल शर्माभन्दा २६४ मतले पछि छन्।
पोखरेलले मतान्तर भने घटाउँदै लगेका छन्।