पर्सा क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन्।
यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत पाएका थिए।
तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाए।