काठमाडौं क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट निर्वाचित भएका छन्।
उनले एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन्।
विष्टले १२ हजार १६३ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ८५ मत पाएका छन्।
पराजित भएका श्रेष्ठ शंखरापुर नगरपालिकाका पूर्व मेयर हुन। यस्तै तेस्रो स्थानमा सत्तागठबन्धनका साझा उम्मेदवार भरत फुँयालले ८ हजार ६२६ मत पाएका छन्।