काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पराजुली विजयी भएका छन्।
उनले नेकपा एमालेका श्याम घिमिरेलाई पराजित गरेका हुन्। पराजुलीले आठहजार ७४३ मत ल्याए। एमालेका घिमिरेले ६ हजार ८०० मत ल्याए।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराई भने तेस्रो भइन्। उनले ६ हजार ६३ मत ल्याएकी छन्।