मोरङका कुन क्षेत्रमा कसको अग्रता ?

मोरङ क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले अग्रता कायम राखेका छन्। 

उनले ४५५८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु ३७४९ ल्याएका छन्। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल श्रेष्ठले २०६१ र राप्रपाका होमनाथ गौतमले १२७७ मत ल्याएका छन्। 

क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेल ५७४२ मतका साथ पहिलो स्थानमा छन्। उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला ५४३७ मत ल्याएर पछ्याइरहेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र न्यौपानेले ६५९, राप्रपाका गोपाल दाहालले ३६६ मत ल्याएका छन्।

मोरङ क्षेत्र नं ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा ६४२३ मत ल्याई अग्रस्थानमा छन्। उनलाई एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन्।

ढकालले ३३७८ मत ल्याएर साथ दोस्रो स्थानमा रहँदा राप्रपाकी रेखा थापा १६२२ मतका साथ तेस्रो स्थानमा छिन्।

क्षेत्र नं ४ मा माओवादी केन्द्रका अमनलाल मोदी अग्रस्थानमा छन् । उनले १०१५७ मत ल्याउँदा एमालेका विनोदप्रसाद ढकाल ६५८८ मतका साथ दोस्रो स्थानमा छन्।

क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम राखेका छन् । उनले ८५९४ मत पाएका छन्। 

माओवादीका शिवकुमार मण्डलले ५७६४ मत ल्याएका छन् भने जनता समाजवादीका राजकुमार यादवले ५१८९ मत ल्याएका छन्।

नेपाली कांग्रेसका डा. शेखर कोइराला मोरङ क्षेत्र नं ६ मा अग्रता बनाएका छन्। कोइरालाले ५०८२ र उनका प्रतिद्वन्द्वी एमालेका लालबाबु पण्डितले ४४४० मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-22 22:15:00

प्रतिकृया दिनुहोस्