ललितपुर क्षेत्र नम्बर–२ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन्।
राप्रपाका धनराम केसीलाई पराजित गर्दै उनी विजयी भएका हुन्। उनले ८ हजार २९८ मत पाउँदा केसीले ६ हजार ८५१ मत ल्याएकी छन्। त्यसैगरी कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन्।