ऋषिकेशलाई उछिन्दै सुजाताले लिइन् अग्रता

मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालाले अग्रता दिएकी छिन्। यसअघि लगातार अघि रहेका नेकपा एमालेका ऋषिकेश पोखरेललाई उनले पछि पारेकी हुन्।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार कोइरालाले ४३७० मत ल्याएकी छिन्। उनका प्रतिद्वन्द्वी पोखरेलले ४३१३ मत ल्याएका छन्।

२ (१) मा नेकपा माओवादीका गणेश उप्रेतीले अग्रता बनाएका छन्। उप्रेतीले १९७६ मत ल्याउँदा एमालेका दानबहादुर कार्कीले १८६९ ल्याएका छन्।

२(२) मा एमालेका लिलाबल्लभ अधिकारी अग्रस्थानमा छन्। उनले २६२५ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद कार्कीले २२६६ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-22 16:09:00

प्रतिकृया दिनुहोस्