शक्ति बस्नेत झन्डै १४ सय मतले अगाडि

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले चार हजार दुई सय ५२ मत प्राप्त गरेका छन्।

उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार निरज आचार्यले दुई हजार सात सय ९० मत पाएका छन्।

शक्तिले एक हजार चार सय ६२ भोटले निरजलाई पछि पारेका हुन्। स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३८ पाएका छन्।

क्षेत्र नं १ (१) का नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बेदराज सिंहले पाँच हजार छ सय १२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका डम्वरबहादुर सिंहले तीन हजार चार सय ४८ मत ल्याएका छन्।

त्यस्तै क्षेत्र नं १ (२)का उम्मेदवार राजीवविक्रम शाहले सात हजार ५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का खिमबहादुर शाहीले पाँच हजार एक सय ६९ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-22 15:20:00

प्रतिकृया दिनुहोस्