इलाम १ मा महेश बस्नेतकाे अग्रता, पछ्याउँदै झलनाथ

इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन्। उनले ८ हजार ५६ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निरन्तर पछि परेका छन्।

खनालले ६ हजार ८४९ मत प्राप्त गरेका छन्। उनी एमालेका बस्नेतसँग ७०३ मतले पछि परेका छन्।

यस्तै मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ७९३ र राप्रपाका तोयानाथ शर्मा सापकोटाले ५७५ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-22 14:14:00

प्रतिकृया दिनुहोस्