रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन्।

९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्। उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन्।

रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना सकिएको हो। अब सियारी १ को मतगणना सुरु भएको छ।

प्रकाशित मिति: : 2022-11-22 09:11:00

प्रतिकृया दिनुहोस्