दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रनिधिसभा तर्फ गठबन्धनका उम्मेदवारहरुले निरन्तर अग्रता कायम गर्दै गइरहेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य मेटमणि चौधरीले सुरुदेखि नै अग्रता लिइरहेका छन्।
बिहान ७ बजेको मत परिणामअनुसार क्षेत्र नम्बर १ मा ५ हजार २ सय ५८ मत गणना हुँदा मेटमणि चौधरीले २ हजार ९९ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी उम्मेदवार शान्ता चौधरीले १ हजार ३२६ मत प्राप्त गरेकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले १ हजार ९ मत प्राप्त गरेका छन्।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार रहेकी माओावादी केन्द्रकी नेतृ रेखा शर्माले सुरुदेखि नै अग्रता लिइरहेकी छन्। यहाँ १६ हजार २९ मत गणना गर्दा शर्माले ६ हजार ५६० मत प्राप्त गरेकी छन्। उनलाई एमालेबाट उम्मेदवार रहेका पार्टीका महासचिव शंकर पोखरेलले पछ्याइरहेका छन्। उनले ५ हजार २०८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वातन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २ हजार ५६८ मत प्राप्त गरेका छन्।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा पनि गठबन्धनका उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दिपक गिरिले अग्रता लिइरहेका छन्। यहाँ ६ हजार १८० मत गणना गर्दा गिरीले २ हजार ३७ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी उम्मेदवार कोमल वलीले २ हजार ४३७ मत प्राप्त गरेका भने भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १ हजार ५२ मत प्राप्त गरेका छन्।