देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना सुरु 

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ।

आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ। जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो।

जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको  मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा छन्। 

प्रकाशित मिति: : 2022-11-21 16:03:00

प्रतिकृया दिनुहोस्