काठमाडौं क्षेत्र नम्बर–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन्।
२७५० मत गणना गर्दा रास्वपाका गणेश पराजुलीले ६१५ मत ल्याएर अग्रता कायम गरेका हुन्।
पराजुलीलाई पछ्याउँदै एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएका छन्।
सत्ता गठबन्धनकी नेपाल समाजवादीकी अस्मिता सिंह मानुषी यमी भट्टराईले ४५५ मत ल्याएर तेस्रो स्थानमा पुगेकी छिन्।