राेल्पाः मतदान अधिकृतले नै मतदानमा रोक लगाएपछि...

फर्जी मत हालेको भन्दै रोल्पाको माडी–६ कोर्चाबाङको साविक गाविस भवनमा मतदान केन्द्रमा विवाद चर्किएको छ।

वडा भवनमा रहेका दुईवटा केन्द्र मध्ये ‘ख’ केन्द्रमा बसाइँसराइँ गरी गएका एक जनाले मतदान गरेपछि उस्तै खालका मतदाताले ‘क’ केन्द्रमा मतदानमा रोक लगाएपछि विवाद भएको हो। अहिले उक्त केन्द्रमा नाराबाजी भइरहेको छ।

सर्बदलीय बैठकले ‘ख’ केन्द्रमा जस्तै बसाइँ सरेका ३ जनालाई पनि ‘क’ केन्द्रमा पनि मतदान गर्न दिने सहमति गरेपनि मतदान अधिकृत मोतिम आलमले मतदानमा रोक लगाएपछि विवाद उत्पन्न भएको मतदाताहरूको भनाइ छ।

मतदान अधिकृतले रोक लगाएपछि आक्रोसित भएका मतदाताहरूले गेटमा मतदान अधिकृतविरूद्ध नारा लगाउदै मतपेटिकामा लाहछाप लगाउन रोक लगाएका छन्।

प्रकाशित मिति: : 2022-11-20 18:38:00

प्रतिकृया दिनुहोस्