प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दोलखा र दाङबाट मतदान गरेका छन्।
बस्नेतले बिहान ७ बजे जन्मस्थान भिमेश्वर नगरपालिका वडा नम्बर–५ स्थित विसुन्टोल प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।
त्यसैगरी महासंघका अध्यक्ष पोखरेलले पनि आफ्नो जन्मस्थान घोराही उपमहानगर–१८ स्थित बेलघारी मतदान केन्द्रबाट मतदान गरेका हुन्।