चितवनको राप्ती नगरपालिका–८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन्।
जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका थिए। अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ।