आफ्ना प्रतिनिधि छान्न सबरैदेखि मतदान (फाेटाे फिचर)

BreaknLinks
BreaknLinks

संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा एवं प्रदेशसभाका लागि मतदान भइरहेकाे छ।

पाँच वर्ष शासन गर्ने प्रतिनिधि छान्नका लागि भइरहेको यो निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा रहेका अधिकांश मानिस आफ्नो मतदाता नामावली भएको स्थानमा फर्किसकेका छन्।

राष्ट्रिय उत्सवका रुपमा मनाइने यो निर्वाचनमा भाग लिन नसक्ने पेसा र व्यवसायमा रहेकाले भने आफूलाई भाग लिने व्यवस्था नगरिदिएकामा गुनासो गरेका छन्। 

सरकारी सेवामा रहेर निर्वाचनको प्रक्रियामा खटिनुपर्ने पेसामा रहेकालाई पनि सरकारले पूरै देश एउटै निर्वाचन क्षेत्र मानेर गरिने समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन पाउने व्यवस्था गरिएको छ।

फोटो–शनि शाक्य 

प्रकाशित मिति: : 2022-11-20 09:30:00

प्रतिकृया दिनुहोस्