राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खसाले भोट (फाेटाे फिचर)

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका–७ राम्जाको पशुपति मावि `क´ केन्द्रबाट मतदान गरेका छन्।

उनले पशुपति केन्द्रबाट बिहान ७:३० बजे मतदान गरेका छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए।

प्रतिनिधिसभाको एउटा क्षेत्र तथा प्रदेशसभाका दुईक्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान भइरहेकाे छ।

प्रकाशित मिति: : 2022-11-20 08:12:00

प्रतिकृया दिनुहोस्