जुम्लामा करेन्ट लागेर एक जनाकाे मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

जुम्लामा करेन्ट लागेर एक  जनाको मृत्यु भएको छ। 

तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो। 

मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन्। सोही वाडाका २३ वर्षका शंखु चौलागाई घाइते भएका  छन्। 

बिजुलीको पोल गाड्ने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए।  

उनले भने, 'यस्तो कार्य गर्ने बेला प्राधिकरणलाई खबर गर्नु पर्ने हो। लाइन सटडाउन गर्नु प्रर्थ्यो। खबर नगरी काम गर्दा करेन्ट लागेछ।'  

त्यस्तै घाइते चौलागाइको  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

प्रहरीका अनुसार मृतकको शव पनि अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको छ।  

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार वडाको योजना अनुसार सडक उज्यालो विजुली सौर्य उर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। 

'मृतकका परिवारलाई क्षतिपूर्ति र राहतको प्रवन्ध  गाउँपालिकाले गर्नेछ,' उनले भने, 'योजना कार्यन्वयन गर्ने क्रममा एक जना मजदुरको मृत्यु भयो।'
 

प्रकाशित मिति: : 2022-11-17 19:58:00

प्रतिकृया दिनुहोस्