विवादित छविका वीरबहादुर खत्री माओवादीबाट निष्कासित

नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई पार्टीबाट निष्कासन गरेको छ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादी शीर्ष नेता वर्षमान पुन र कांग्रेस नेता अमरसिंह पुनविरुद्ध भाेट माग्दै हिँडेपछि खत्रीलाई पार्टीबाट निकालिएको माओवादी केन्द्र राेल्पाका एक पदाधिकारीले जनाएका छन्।

सत्ता गठबन्धनका बागी उम्मेदवार अर्थात् स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन 'सिजल'लाई भाेट मागेपछि उपाध्यक्ष खत्रीलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशले कारबाही गरेको हाे।

'रोल्पा जिल्लाको आधिकारिक उम्मेदवारको विरुद्धमा प्रचारप्रसार गरेको आधिकारिक प्रमाण यस प्रदेश कार्यलयमा आएकोले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष कमरेड वीरबहादुर खत्रीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।

गंगादेव गाउँपालिकाकाे अध्यक्ष हुँदा विवादित छवि बनाएका खत्रीमाथि फरकफरक नाममा दुईवटा नागरिकता लिएको आराेप समेत लागेको छ।

प्रकाशित मिति: : 2022-11-15 11:01:00

प्रतिकृया दिनुहोस्