आचारसंहिता समान रुपमा लागू हुन्छ, साना वा ठूला दल भन्ने हुँदैन : आयुक्त भण्डारी

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताएका छन्।

‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा भण्डारीले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताएका हुन्। आचारसंहिता कार्यान्वयनमा साना वा ठूला दल भन्ने प्रश्न नआउने उनले बताए।

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो। उनले भने, ‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ।’ दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारको कर्तव्य हुने बताए।

प्रकाशित मिति: : 2022-11-09 07:13:00

प्रतिकृया दिनुहोस्