संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक: नेता सिंह

File Photo
File Photo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन्।

सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ। काठमाडौं क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेकाे सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए।

'संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्याे', शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले बताए।

प्रकाशित मिति: : 2022-11-05 13:01:00

प्रतिकृया दिनुहोस्