एमालेको घोषणापत्रः प्रतिव्यक्ति आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्‍याउने  

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो। 

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर  पुर्‍याउने दाबी गरिएको छ। 

‘आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४००  पुर्‍याइनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ। 

प्रकाशित मिति: : 2022-11-01 16:49:00

प्रतिकृया दिनुहोस्