गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने

गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ।

सो निर्वाचन क्षेत्रमा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। 

यसअघि रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी परेको थियो। गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले थापालाई समर्थन गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2022-10-26 19:07:00

प्रतिकृया दिनुहोस्