राजनीतिक आन्दोलन जोगाउन एमालेको विजय आवश्यक छ : सुरेन्द्र मानन्धर

एमाले नेता डा. सुरेन्द्र मानन्धरले राजनीतिक आन्दोलन जोगाउन एमालेको विजय आवश्यक रहेकोे बताएका छन्।

बुधबार फर्पिङमा आयोजित नेकपा एमालेको काठमाडौ क्षेत्र नं १० प्रदेश 'क' निर्वाचन परिचालन कमिटी गठन तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै एमाले नेता मानन्धरले संविधानका उपलब्धि जोगाउन नेकपा एमालेको जित आवश्यक भएको बताएका हुन्।

प्रतिनिधिसभाका उम्मेदवार हिमेश के सिले विगतमा दुई कार्यकाल जित्नेले कार्यकर्ता पोस्ने काम मात्र गरेको उल्लेख गर्दै जनताको शीर नझुक्ने र जिताएकोमा गर्व हुने गरी काम गर्ने बताए।

प्रदेश शिवभक्त बलामीले विगतमा जननेता मदन भण्डारीले क्षेत्र समेत रहेको यस क्षेत्रमा पुन उक्त गौरव पुनःस्थापन गर्ने बताए।

भेलाले एमाले काठमाडौ जिल्ला सदस्य हर्षमान महर्जनको अध्यक्षतामा तीन सय १० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

प्रकाशित मिति: : 2022-10-20 13:07:00

प्रतिकृया दिनुहोस्