गठबन्धनका उम्मेदवारलाई जसरी पनि विजयी गराउनुस् : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका उमेदवार विजयी भएपछि जनताको चाहना र माग पुरा गर्न कुनै समस्या नहुने बताएका छन्।

आइतबार सत्ता गठबन्धनले गरेको काठमाडौँ क्षेत्र नम्बर २ आयाेजित कार्यक्रममा बोल्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरे।

'विपक्षीको भ्रम चिर्नुस्, निगरानी राख्नुस्, यति भयो भने गठबन्धनको जित सुनिश्चित छ', उनले भने।

 

प्रकाशित मिति: : 2022-10-16 15:52:00

प्रतिकृया दिनुहोस्