राष्ट्रियसभाको ‘ललिपप’ देखाएर ‘सिजल’लाई मत्थर पार्दै वर्षमान–प्रचण्ड

सत्ता गठबन्धनका बागी उम्मेदवार दीपेन्द्रकुमार पुन ‘सिजल’लाई उम्मेदवारी निष्क्रिय पार्न माओवादी केन्द्रका शीर्ष नेताहरूले दबाब दिइरहेका छन्।

रोल्पा (ख)बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका पुनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव वर्षमान पुनले आफ्नो निर्णयबाट पछि हट्न आग्रह गरेका छन्।

उनी नेपाली कांग्रेसका उम्मेदवार तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरूद्ध चुनावी मैदानमा उत्रिएका हुन्। वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट रोल्पाको एउटा प्रतिनिधिसभा र प्रदेश (क) माओवादीले पाएको छ।

त्यस्तै, प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपनि पोलिट्व्यूरो सदस्यसमेत रहेका सिजल असन्तुष्ट बन्दै गठबन्धनको बागी उम्मेदवार बनेका हुन्।

‘रोल्पा माओवादीको लाल किल्ला हो। यहाँ कांग्रेस कमजोर छ। माओवादीले कुनैपनि हालतमा प्रदेशसभा (ख) छाड्दैन,’ माओवादी केन्द्र रोल्पाका एक सदस्यले भने, ‘यसपालि बागी उठेपनि सिजल कमरेडको जित पक्का छ।’

https://breaknlinks.com/nepali/news/35197252त्यसो त गठबन्धनभित्र सिट बाँडफाँट समितिका सदस्यसमेत रहेका वर्षमानविरूद्ध अर्को समूह खडा गरेका सिजलले आलोचनासँगै भारी समर्थन पनि पाइरहेका छन्।

चुनाव चिन्ह पाएलगतै उनी आफूनिकट कार्यकर्तासँगै चुनावी प्रचारमा लागेका छन्। माओवादीभित्र राम्रो राजनीतिक प्रभाव भएका सिजलमाथि उम्मेदवारी निष्क्रिय बनाउन वर्षमान आफैँपनि निरन्तर लागिपरेको उनीनिकट स्रोतले जनाएको छ।

‘वर्षमान कमरेडले सिजल दाइसँग रोल्पा आएपछि लगातार भेटवार्ता गर्नुभएको छ। उहाँले अध्यक्ष कमरेड प्रचण्डसँग पनि फोनमा कुराकानी गराउनुभयो,’ वर्षमाननिकट एक प्रदेश कमिटी सदस्यले भने, ‘निर्वाचन सकिएलगतै सिजल दाइलाई राष्ट्रियसभामा लैजाने कुरामा वर्षमान र प्रचण्ड सकारात्मक देखिनुभएको छ।’

माओवादीनिकट स्रोतकाअनुसार पोलिट्व्यूरो सदस्य तथा निवर्तमान सांसद सिजललाई सत्ता गठबन्धनबाट बेलैमा व्यवस्थापनबारे नसोच्नु पार्टीको कमजोरी भएको शीर्ष नेताहरूले स्वीकार गरेका छन्।



‘ज्यूँदो शहीद’ मानिने दीपेन्द्रकुमार पुनले संघीय वा प्रदेशसभा सदस्य पदमा चुनावी टिकट पाउलान् कि नपाउलान्?

रोल्पामा माओवादीभित्र प्रभावशाली मानिएका उनी अन्ततः ‘अनन्त’ अर्थात् माओवादी उपमहासचिव वर्षमान पुनसँग चिढिएका छन्। जिल्लामा वर्षमानलाई संकट आइपर्दा दह्रो साथ दिने नेताहरूको सूचीको अग्रपंक्तिमा पर्थे, उनी। 

‘सिजल सरको जनयुद्ध र शान्ति प्रक्रियापछि पार्टीभित्र ठुलो योगदान छ। उहाँ माओवादी आन्दोलनको एउटा ज्यूँदो शहीद पनि हुनुहुन्छ। जिल्लामा राम्रो छाप छ, ठुलो हिस्सा उहाँसँगै छ,’ माओवादी केन्द्र रोल्पाका एक नेताले भने।

उपमहासचिव वर्षमानविरूद्ध सिजलको विद्रोहलाई अर्थपूर्ण रुपमा हेरिएको छ। जिल्लामा वर्षमानको समूहलाई मलजल गरेका उनी पछिल्लो समय उनै वर्षमानबाट पेलिँदै आएका छन्। सिजल पूर्वमन्त्री जयपुरी घर्ती, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान र झक्कुप्रसाद सुवेदीलाई राष्ट्रिय राजनीतिमा सफल बनाउने ‘भरिया’ भनेर चिनिन्छन्...पूरा समाचार



पुन भर्सेस पुनः माओवादीभित्रै खोजियो वर्षमानको विकल्प

वर्षमानविरूद्ध एमालेले अघि सार्‍याे पूर्वबटालियन कमाण्डर

सकस छैन रोल्पामा, भागवण्डा मिलाउँदै ‘पुन ब्रदर्श’

जनार्दनलाई वहिर्गमन गराएर वर्षमानले जितेको ‘सेकेण्ड इनिङ’

माओवादी पदाधिकारीमा एमसीसीविरोधीको बर्चश्व: दबाबमा प्रचण्ड

माओवादीभित्र ‘स्पेस’को लडाइँमा जनार्दन–वर्षमान: प्रचण्ड वारिपारिका दुई किनारा

प्रकाशित मिति: : 2022-10-16 14:23:00

प्रतिकृया दिनुहोस्