ओलीलाई भीम रावलकाे जवाफः बेपत्ता भएको छैन, इञ्चार्जलाई जानकारी गराएको थिएँ

BreaknLinks
BreaknLinks

नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेशका नेताहरूले बालकोट पुगेर अध्यक्ष केपी ओलीलाई ‘रावल पार्टीको सम्पर्कमा नरहेको’ रिपोर्टिङ गरेपछि रिसाएका उनले सामाजिक सञ्जालमार्फत आफू सांगठनिक काममै रहेको बताएका हुन्।

आफ्नो निर्वाचन क्षेत्र अछाम–१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएको र यसबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको भन्दै डा. रावलले सम्पर्कविहीन रहेको भन्ने कुरा नै हास्यास्पद रहेको बताएका छन्।

रावलले ट्विटरमा लेखेका छन्, ‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो। म अछाम प्रतिनिधिसभा क्षेत्र–१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ। योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ। म सम्पर्कविहीन भन्नु हास्यास्पद।’

एमाले अध्यक्ष ओलीको खरो आलोचना गर्ने रावल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम–१ बाट एकल सिफारिसमा परेका छन्। तर, अध्यक्ष ओलीले भने रावसहित ‘१० भाइ’ नेतालाई आत्मालोचना गराएरमात्र टिकट दिने जनाएका छन्।

१० भाइ भनिने एमालेको तत्कालीन माधव नेपाल समूहका उनीहरूले आफू नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको भन्दै ओली उतिबेलादेखि नै असन्तुष्ट छन्।

प्रकाशित मिति: : 2022-09-29 14:33:00

प्रतिकृया दिनुहोस्